लैनचौरबाट शुरु भयो डिजिटल ठेगाना प्रणाली

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं २६ ले वडाभित्रका घरहरुमा चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाालीको शुभारम्भ गरेको छ । वडाले विगतमा भईरहेको म्याट्रिक्स प्रणालीहरुलाई हटाएर डिजिटल नम्बर प्लेटको व्यवस्था गरेको हो । चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणालीको औपचारिक रुपमा शुभारम्भ गर्नु हुँदै काठमाडौं महानगरपालिका वडा नं २६ का अध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिको संयोजक ख्यामराज तिवारीले वडावासी एवं सर्वसाधारणहरुलाई शान्ति तथा सुरक्षा प्रदानका एवं वडाबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी बनाउन चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली निकै नै महत्वपूर्ण रहेको जानकारी दिए ।
विगत लामो सयमदेखि महानगरपालिकाले ३२ वटा वडाहरुमा व्यवस्था गरिरहेका म्याट्रिक्स प्रणालीहरुलाई हटाएर क्रमश सवै वडाहरुमा डिजिटल नम्बर प्लेटको व्यवस्था सञ्चालन गरिने वडा अध्यक्ष तिवारीको भनाई थियो ।
चिप्समा आधारित डिजिटल ठेगानाका माध्यमबाट सर्वसाधारणहरुलाई अत्वाश्यक हुने एम्बुलेन्स, दमकल तथा प्रहरी सेवा प्रवाह सहज र समयमै गन्तब्यसम्म पुग्न सहज पु¥याउछ हुने यो प्रविधि एक महिना भित्रै वडाका सम्पूर्ण मार्गमा राखिने तयारी गरिएको छ ।
वडा नं २६ लैनचौरबाट शुरु गरिएको स्मार्ट डिजिटल प्रबिधिको ठेगनाामा १६ अर्ब कोडहरु रहेको छ । नेपालमा केही ठाउँमा यो प्रविधि प्रयोगमा आईसकेको जानकारी दिनु हुँदै प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणााली सरकारी निकाय मातहत पहिलो पटक कार्यान्वयन ल्याइएको अन्वेशक एड्रेस ग्राफ नेपालका सञ्चालक रामप्रसाद रिमालले बताए ।
वडा नं २६ ले सुरु गरेको यो पहल महानगरको सेवा प्रवाहमा डिजिटल प्रविधिको नयाँ आगमनको सकेंत हो । वडा भित्रका घर, बाटो तथा नागरिक सेवाहरु अब डिजिटल प्रणालीद्दारा सहजै पहुँचमा आउनेछन् । यस प्रविधिमा नागरिकको सहजता, सुरक्षा र सुशासनको नयाँ मापदण्ड स्थापित गरेको छ । यसले महानगरलाई स्मार्ट सिटिको दिशा तर्फ अगाडि बढाएको छ ।
काठमाडौँ महानगरपालिकाले पहिलो पटक चिप्सयुक्त घर नम्बर प्लेटको निर्माण गरेको छ । कुनैपनि व्यक्तिको ठेगाना तथा बाटोको अबस्था थाहा पाउनको लागी र नागरिकमा आइपर्ने विपद् तथा अन्य समस्याहरु समाधान गर्नका लागि यस प्रविधिबाट स्थान पहिचान गरी सेवा प्रवाह छिटो र छरितो हुने विश्वास लिइएको छ । यो प्रविधि वडावासीहरुले निःशुल्क रुपमा प्रयोग गर्न पाउनु हुने छ भने ४५ लाख रुपियाँ रहेको यो प्रविधि वडा भित्रका ६ हजार ८५० घरधुरीमा २०८२ कार्तिक मसान्तभित्र प्रणाली जडान गरिसक्ने लक्ष्य लिइएका छ ।