काठमाडौं केही दिन अघि अनामनगर स्थित एक स्टुडियोमा आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलेको उपचारका क्रममा निधन भएको प्रहरी जनाएको छ । जिल्ला प्रहरी परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार पौडेलेका उपचारमा रहेकी पौडेलेको आज विहान उपचारकै क्रममा किर्तिपुरको बर्न अस्पतालमा निधन भएको हो । गायक बाबुल गिरीको स्टुडियोमा सो घटना भउको थियो । नितुको निधन पछि उनका परिवारले गायक बाबुल विरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
केही दिन अघि आत्मदाह प्रयास गरेकी गायिका नितुको निधन
कार्तिक ८, २०८२

Add Comment