शिक्षा मन्त्री पुनले पनि गरे राजीनामा

काठमाडौं । जेनजी विद्रोहको आडमा बनेको बर्तमान सरकारका मन्त्रीहरु एक पछि अर्को गर्दै राजीनामा दिन थालेका छन् । चुनावी सरकारका रुपमा रहेको वर्तमान सरकारका मन्त्रीहरु धमाधम पार्टी प्रवेश गर्दै राजनीतिमा होमिन राजीनामा दिन थालेका हुन् । यसै क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पनि पदबाट राजीनामा दिएका छन् ।

यस अघि निर्वाचन गराउने जिम्मेवारीमा रहनुभएकी सुशीला कार्की नेतृत्वको वर्तमान सरकारका दुई मन्त्रीले मंगलबार नै राजीनामा दिइसकेका छन् । सोही क्रममा मन्त्री पुनले पनि संविधानको व्यवस्था अनुसार प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन् ।