नेपाल रेडक्रस सोसाईटीमा भद्रगोल, सुशासन गर्न पठाएका नै मिलेमतोमा

काठमाडौं । विपदका अवस्थामा आकस्मिक सेवा पु¥याउने पवित्र उदेश्य वोकेर स्थापना भएको नेपाल रेडक्रस सोसाईटी बदनाम हुने चरण रोकिएको छैन । रेडक्रममा हुने बेथिति भ्रष्टाचारका कारण पटक पटक पदाधिकारीहरु हटाउने र नयाँ राख्ने काम नभएको पनि होइन । जुनसुकै सरकार आएपनि रेडक्रसलाई प्रयोग गर्ने गरिएको देखिएको छ । अवस्थामा रेडक्रसलाई विश्वव्यापी मान्यता अनुसार नै अगाडि बढाउन र विवाद अन्त्य गर्नका लागि तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल रेडक्रस सोसाईटीको कार्यसमिति भंग गरी आफ्ना कार्यकर्ता नियुक्ति गरेका थिए ।
नेपाल रेडक्रस सोसाईटीको विधान संशोधन गरी नयाँ कार्यसमिति गठनको जिम्मेवारी दिएर त्यसबेला डा नेत्र तिमल्सेनाको नेतृत्वमा एमाले निकत व्यक्तिहरुलाई रेडक्रसको जिम्मेवारी दिइएको थियो । तर नेत्र तिमिल्सेनाको नेतृत्वको पदाधिकारीहरु पनि विवाद मुक्त हुन सकेन । सोसाईटीलाई एमाले करण गरेको आरोपमा केन्द्रिय कार्यालयमा तालावन्दीदेखि प्रहरीले घेराहाली सुरक्षा दिनु परेको अवस्था थियो ।
रेडक्रस सोसाईटी भित्रको चरम आर्थिक अनियमितता, श्रोत साधनको दुरुपयोग लगायतका विषयमा इकालोपाटी लगायत विभिन्न सञ्चार माध्यमहरुले समाचारहरु संप्रेषण नगरेको पनि होइन । तर रेडक्रस सोसाईटीको पवित्र उदेश्यलाई दलका कार्यकर्ताहरुको कमाई खाने ठाउँ बन्दै गयो ।
अहिले प्रधानमन्त्री बालेन शाहले सोसाईटीमा डा विशाल कुमार भण्डारीको अध्यक्षतामा तदर्थ समिति गठन गरी विधान संशोधन र नयाँ कार्यसमितिको निर्वाचनसम्मको जिम्मेवारी दिएका थिए । प्रधानमन्त्री शाहले जुन उदेश्यले भण्डारीको नेतृत्वमा पदाधिकारी चयन गरे । अहिले झन बालेनकै नाम भजाएर बेथिति बढिरहेको सोसाईटीका पदाधिकारीहरु नै बताउँछन् । रमाईलो कुरा के छ भने निर्वाचनका लागि विधान संशोधन गरिएको छ । जवकी विधान संशोधन गर्नका लागि साधारण सभाको दुइृतिहाईले निर्णय गरेर जिल्ला प्रशासन कार्यालय पठाउनु पर्ने प्रावधान ह्ुन्छ । सो प्रावधानलाई समेत तत्याउँदै रेडक्रसको कुनै सभा नै बसि जिल्ला प्रशासन कार्यालय काठमाडौंले रेडक्रस सोसाईटीको विधान संशोधन गरिदिएको छ।
विधान संशोधन जस्तो संवेदनशील कुरा सभाm नै नवसी कसरी जिल्ला प्रशासन कार्यालयले संधोधन गरेर पठाईदियो ? एक पदाधिकारीले इकालोपाटीसँग गुनासो गरे । यसमा काठमाडौंका सिडियोले जिम्मेवारी लिनु पर्दछ की पर्दैन ? उनको प्रश्न थियो ।
प्रधानमन्त्री बालेन शाहले रेडक्रसलाई जुन उदेश्य हो सोही पवित्र उदेश्य सहित सञ्चालन होस् भन्ने चाहना अनुरुप तदर्थ समिति गठन गरेको भएपनि अहिले सो तदर्थ समितिका पदाधिकारी पनि पुरानै बेथितिका चाङ्गमा रमाउने भ्रष्टहरुसँग काँध जोडेर अगाडि बडिरहेका छन् । जसको प्रत्यक्ष उदाहरण पछिल्लो समय चर्चामा रहेको नक्कली विल काण्डलाई हेर्न सकिन्छ । त्यत्तिमात्र नभएर रेडक्रस सोसाईटीमा नक्कली विल काण्डमा संलग्न कर्मचारीहरुलाई कार्वाही नगरी पुन उनीहरुलाई नै आर्थिक कारोबार दिने गरी समयावधि थप्ने काम गर्नुले वर्तमान रेडक्रसका अध्यक्ष विशाल कुमार भण्डारीमाथि पनि चोरी औला ठड्याउन थालिएको छ ।