काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको विषयमा प्रेस काउन्सिल नेपाल गम्भीर भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ । प्रेस काउन्सिलका पूर्व अध्यक्ष समेत रहेको श्रेष्ठलाई बुधबार राती प्रहरीले घरबाटै नियन्त्रणमा लिएको र पत्रिका तथा घरको खानतलासी गरेको प्रति काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाटै हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सम्बद्ध सबैको कर्तव्य रहेको र प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्ने उल्लेख छ काउन्सिलले जारी गरेको विज्ञप्तिमा भनिएको, ‘काउन्सिल सञ्चारकर्मको क्रममा पत्रकाररसञ्चारकर्मीद्वारा प्रस्तुत कार्यशैली, व्यवहार तथा पेसागत मर्यादा एवं आचरणप्रति पनि उत्तिकै चिन्तित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रेस स्वतन्त्रताको प्रयोग गर्ने नाममा हुनसक्ने स्वच्छन्दतातर्फ सबै पत्रकाररसञ्चारकर्मी सचेत हुनैपर्दछ ।’
सत्य, तथ्य र सन्तुलित एवं विश्वसनीय पत्रकारिताको माध्यमबाट यसको व्यावसायिक अभ्यासलाई उच्च पेसागत मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउँदै प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिनेतर्फ सजगता अपनाउनै पर्ने विज्ञप्तिमा अगाडि उल्लेख छ ।
‘अतस् काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र रहेर दुवै दृष्टिकोणबाट पत्रकार र सञ्चारमाध्यमको अनुगमन गर्दै आएको विषयलाई मध्यनजर गरी कुनै समाचारको विषयमा चित्त नबुझे काउन्सिलमा उजुरी दिन सरोकारवाला सबै पक्षमा विनम्र अनुरोध गर्दछ, ।

