काठमाडौं । संयुक्त राष्ट्र संघको कार्यक्रममा भाग लिन अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री बल्ल अमेरिका पुगेका छन् । उनी अमेरिका पुगेको भिडियो उनका फोटो पत्रकार विनय शाक्यले सार्वजनिक गरेका छन् । तर दिनभरी नै बालेनलाई अमेरिकामा ट्रम्पले स्वागत गरेको भन्दै पुराना भिडियो तथा एआई सिर्जित तस्वीरहरु सामाजिक सञ्जालमा प्रशस्त छन् ।
सामाजिक सञ्जालमा समेत समाचार भन्न थालिएकाले झुठो समाचार मौलाउँदै गएको प्रमाण बालेनको दिनभरको सामाजिक सञ्जालमा सूचनाले नै प्रष्ट पारेको छ । जवकी बालेन भर्खरै मात्र अमेरिका पुगेका आधिकारिक श्रोतबाट नै सार्वजनिक भएको छ ।
झुठा र एआई सिर्जिन तस्वीर, भिडियो प्रयोग गरी समाचार संप्रेषण गर्नेहरु माथि प्रेस काउन्सिलले निगरानी गर्नु आवश्यक छ ।


Add Comment