जाजरकोट । देवता र देवीलाई बलि दिँदा काेराेना भग्छ हाेला ? अवश्य पनि भाग्दैन तर, जाजरकाेटका स्थानीय बलि दिएकाे खण्डमा काेराेना भाग्ने विश्वास गर्दछन् । हालै जाजरकाेटमा कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिकादेवीलाई बलि चढाएर काेराेना राेकथाम गर्ने जमर्काेमाजुटी स्थानीयले बलि चढाएका छन् ।
शनिबार दिउँसो गाउँका मान्छेहरू जम्मा भए र बलि चढाए । कालिका माई देवीलाई बलि दिएपछि अब काेराेना भग्छ भन्ने साेचमा गाउँका मान्छेहरू रहेका छन् । हामी सचेतना जगाउने काममा पछि परेका छाैं । बलिले काेराेना भग्दैन । अझै बलिकाे नाममा भिडभाड हुनाले संक्रमणकाे जाेखिम बढ्न जाने हुन्छ । याे कुरा कसले बुझाइदिने ? नलगाडमा एक जनप्रतिनिधको मृत्यु भएसँगै छिमेकी रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा व्यापक मात्रामा कोरोना फैलिएको थियाे । यसकाे शान्तिका लागि भन्दै स्थानीयले कालिका माई देवीलाई बलि चढाएका हुन् ।
काेनाकाे औषधि बनेको छैन भन्छन् , हाम्रो गाउँमा पनि एक जनालाई कोरोना देखिएकाे छ । बाँच्ने उपाय केही नभएपछि देवीको शरणमा पुगेको हाे भन्ने स्थानीयकाे तर्क छ । काेराेना कुनै देवताकाे दाेषले उत्पन्न भएकाे भाइरस हाेइन । याे मानव प्रयाेगशालामा बनेकाे वा प्रयाेगशालामा परीक्षण गर्ने क्रममा भुलवश उत्पन्न भएकाे मानवीय त्रुटी रहेकाे विज्ञहरू बताउँछन् । देवातालाई बलि चढाएर काेराेना ठिक हुँदैन । दक्षिण काेरियामा पनि गत वर्ष एक चचर्ले चर्चकाे शरणमा गएकाे खण्डमा काेराेना निकाे हुने बताएर उल्टै काेराेना फैलाएकाे थियाे । विश्वका धेरै देशमा चर्चहरूले काेराेना फैलाए जस्तै भारतमा कुम्भ मेलाका कारण काेराेना फैलिएकाे हाे । अब हामीकहाँ बलि दिएर काेराेना समन गर्ने जमर्काे भइरहेकाे छ ।
Add Comment