काठमाडौँ। गरिमा बिकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सले क्रमशः १५ र १२.८२ प्रतिशत बोनस शेयर दिने भएका छन्। दुबै कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।
गरिमाको चुक्ता पूँजी हाल दुई अर्ब २० करोड रुपैयाँ रहेको छ। कम्पनीले गत वर्ष पूँजी वृद्धिका लागि ७० प्रतिशत हकप्रद निष्कासन गरेको थियो। कम्पनीको गत आर्थिक बर्षको मुनाफा ३४ करोड रुपैयाँ। बैंकले पाँच आर्थिक वर्ष देखि निरन्तर २० प्रतिशतको आसपास लाभांश दिदै आएको थियो।

Add Comment