काठमाडौँ । बाँके जिल्लामा सङ्घीय र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा साँढे २९ अर्ब बढी राजस्व सङ्कलन भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाँकेको तथ्याङ्कअनुसार, सङ्घीय सरकारतर्फ रु २८ अर्ब ६४ करोड ३९ लाख ४६ हजार ७ सय ९२ र प्रदेश सरकारतर्फ १ अर्ब १ करोड ४५ लाख ६८ हजार ५ सय ८४ राजस्व सङ्कलन भएको हो ।
बाँकेमा सङ्घ र प्रदेश गरी आव २०७८/७९ मा २९ अर्ब ६५ करोड ८५ लाख १५ हजार ३ सय ७६ राजस्व सङ्कलन भएको छ ।
Add Comment