काठमाडौँ । वर्षाका कारण क्षतिग्रस्त हुम्लाका १ सय १३ घरधुरीलाई नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गरेको छ ।
गत असोज तेस्रो साता आएको अविरल वर्षाका कारण क्षति पुगेका १ सय १३ घरधुरीलाई राहत प्रदान गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका वरिष्ठ लेखा अधिकृत माया नान्यको टोलीले जिल्ला प्रशासन कार्यालय हुम्लाको रोहबरमा राहत वितरण गरेको हो । वर्षाका कारण सिमकोट गाउँपालिकाका ५६, अदानचुली गाउँपालिकाका २५, खार्पुनाथ गाउँपालिकाका २८ र चङ्खेली गाउँपालिकामा ४ घरधुरीमा क्षति पुगेको थियो ।
क्षतिग्रस्त घरधुरीलाई १० हजारका दरले राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाका सभापति गणेशबहादुर महतले जानकारी दिए ।
Add Comment