EKalopati
  • गृहपृष्ठ
  • समाचार
    • विश्व
    • खेलकुद
    • राेचक
  • अर्थतन्त्र
  • मनाेरञ्जन
  • विचार
  • साहित्य
  • English
EKalopati
  • गृहपृष्ठ
  • समाचार
    • विश्व
    • खेलकुद
    • राेचक
  • अर्थतन्त्र
  • मनाेरञ्जन
  • विचार
  • साहित्य
  • English
EKalopati
  • गृहपृष्ठ
  • समाचार
    • विश्व
    • खेलकुद
    • राेचक
  • अर्थतन्त्र
  • मनाेरञ्जन
  • विचार
  • साहित्य
  • English

सम्झौता तोड्न स्थानीय बासिन्दाको माग

January 2, 2023

काठमाडाैँ । साकेला गाउँलिकाका स्थानीय बासिन्दाले मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडकखण्ड कालोपत्र योजनाको ठेक्का तोड्न माग गरेका छन् ।

निर्माण कम्पनी भारत कन्स्ट्रक्सन मैनाचुली, सिद्दिसाई जेभी, काठमाडौँको ढिलासुस्तीका कारण सडक कालोपत्रको काम अलपत्र परेको भन्दै वडा नं १ बाँझेच्यानडाँडाका स्थानीय बासिन्दाले नयाँ निर्माण कम्पनीलाई ठेक्का दिने गरी ठेक्का सम्झौता रद्द गर्न माग गरेका हुन् ।

बाँझेच्यानडाँडाका ३ सय तीनको हस्ताक्षरसहितको ज्ञापनपत्र आइतबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईमार्फत मध्यपहाडी राजमार्ग योजना कार्यालय, धुलीखेल, काभ्रेलाई पठाउँदै भारत कन्स्ट्रक्सन, मैनाचुली, सिद्दिसाई जेभीबाट सडक कालोपत्रेको बाँकी काम सम्पन्न गर्ने कुनै छाँट नदेखिएकाले ठेक्का तोड्नुको विकल्प नभएको स्थानीय बासिन्दाले बताएका छन् ।

मध्यपहाडी राजमार्ग योजना कार्यालयले ठेक्का तोड्नका लागि सडक विभागसमक्ष सिफारिस गरिसकेको अवस्थामा स्थानीय बासिन्दाले सो निर्णयमा फेरबदल नगर्न ध्यानाकर्षण गराएका हुन् । स्थानीय बासिन्दाको तर्फबाट पूर्वशिक्षक रघुनन्द राईले बुझाउनुभएको ज्ञापनपत्रमा भारत कन्स्ट्रक्सन,मैनाचुली, सिद्दिसाई जेभीकै पक्षमा पुनः म्याद थप भए सडक कालोपत्रको काम थप अलपत्र पर्ने दावी गरिएको छ । चार पटक म्याद थप हुँदा पनि कालोपत्रको काम गर्न नसकेको ठेकेदारबाट थप कामको अपेक्षा गर्न सकिने अवस्था नभएको उनीहरुले बताएका छन् ।

 सडक कालोपत्रको काममा ढिलासुस्ती हुँदा विशेष गरी बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या अाएकाे  छ । ठेकेदारले चखेवा भञ्ज्याङ–सेखुवा सडक कालोपत्रको काम पूरा गर्ने छाँट नदेखाएका कारण मध्यपहाडी राजमार्ग योजना कार्यालयले ठेक्का तोड्नका लागि सडक विभागसमक्ष सिफारिस गरिसकेको  छ । कार्यालयले सार्वजनिक खरिद सम्झौता, सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम ठेक्का तोड्न सिफारिस गरेको हो ।

दिक्तेल–चखेवा भञ्ज्याङ सडकखण्डको दिक्तेलतर्फ यसअघि नै कालोपत्र सम्पन्न भएर सञ्चालनमा छ । दिक्तेलबाट करिब ४६ किलोमिटर लामो उक्त सडकखण्ड पाँच भागमा विभाजन गरेर काम कालोपत्र सुरु गरिएको थियो । यस्तै, दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डकै पङ्खु खोलाको मोटरेबल पुलको पनि ठेक्का सम्झौता तोड्ने प्रक्रियामा लगिएको मध्यपहाडी राजमार्ग योजना कार्यालय, धुलिखेलका प्रमुख डिभिजन इन्जिनियर दीपेन्द्र बताए ।  सम्झौता म्याद नाघेको झण्डै चार वर्ष बित्दा पनि ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सन प्रालिले पुलको काम नगरेपछि ठेक्का तोड्न सडक विभागसमक्ष सिफारिस गरिएको हो । रासस

थप पढ्नुहाेस्

चर्चित उद्योगी शेखर गोल्छा प्रहरीको फन्दामा

छिमेकीविरुद्ध नेपाली भूमि दुरुपयोग हुन नदिने अर्थमन्त्रीको भनाई

निर्वाचिन नजिकिँदै गर्दा मतदाता भेटघाटमा व्यस्त सुस्मा

पद्धति सुधार नभएसम्म वित्तीय समस्या दोहोरिइरहन्छ
कारागारमा आक्रमण: १४ जनाकाे मृत्यु, २४ कैदी फरार

ताजा अपडेट

एमालेकी पूर्व सभासद् मल्ललाई पाखा लगाउँदै ३३औँ प्रधानन्यायाधीशमा डा शर्मा

२ पूर्वरक्षामन्त्रीलाई भ्रष्टाचार आरोपमा सम्पत्ति जफतसहित मृत्युदण्ड सजाय

सङ्गीतमार्फत विश्व शान्तिको खाेजी अभियान शुरू

चर्चित उद्योगी शेखर गोल्छा प्रहरीको फन्दामा

७०औँ नेपाल–रुस कूटनीतिक सम्बन्ध चर्चा गर्दै वार्षिकोत्सव सम्पन्न

छिमेकीविरुद्ध नेपाली भूमि दुरुपयोग हुन नदिने अर्थमन्त्रीको भनाई

सम्पत्ति छानबिन आयोगको काम शुरु

आमासँगको त्यो यात्रा, जसले मेरो जीवन बदल्यो

प्रकाशक : हव ब्रोडकास्टिङ्ग प्रालि
अध्यक्ष : किरण पन्थ
सम्पादक : वी.पी. भण्डारी

कार्यालय : अनामनगर, काठमाडौं
समाचारका लागि सम्पर्क : ९८४१९४०६९५
Email: [email protected]

सूचना विभाग दर्ता नं : ११६७-७५/७६
प्रेस काउन्सिल सूचिदर्ता नं २१६१-०७४/०७५