काठमाडाैँ । कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८.०९ अङ्कले उकालो लागेर २ हजार १ सय ४३.९३ मा पुगेको छ ।
आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक २.५१ अङ्कले उकालो लागेर ४ सय ११.२३ मा पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । कारोबार भएकामध्ये एक सय ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कूल १ करोड २५ लाख ८१ हजार ९ सय ८२ कित्ता शेयर ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९ सय ३७ मूल्यमा खरिद बिक्री भएका छन् ।
शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब एक अर्ब ४५ करोड एक लाख १२ हजार एक सय ४९ बराबर पुगेको छ । कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४३ करोड १९ लाख ६६ हजार ९ सय ७४ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार विभिन्न पाँच कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । जसमा चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सिर्जनशील लघुवित्त छन् । उकालो लागेको बजारमा सिटिजन म्युचुअल फण्ड ३.०३, मनकामना स्मार्ट लघुवित्त २.८८, नारायणी डेभलपमेन्ट बैंक २.८२, नेपाल एसबिआई बैंकको ऋणपत्र २.७० र प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २.४६ प्रतिशतले गुमाएका छन् ।
Add Comment