काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले कानुन कार्यान्वयनका लागि दबाब नदिन आग्रह गरेका छन्। बिहीबार सभामुख चयनका लागि भएको प्रतिनिधिसभाको बैठकमा सांसद देवराज घिमिरेको पक्षमा मत माग्दै उनले यस्तो बताएका छन् ।
बैठकको सुरुमा कांग्रेस सांसद रामहरि खतिवडाले हत्या आरोपी सांसद उपस्थित रहेको भन्दै पक्राउ गर्न माग गरेका थिए। तर उनको कुराको जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले दबाब नदिन भनेका हुन्।
माननीयज्यू रामहरि खतिवडाले फरार रहेका मानिस संसदमा छन् पक्राउ गर्ने बताए। विधि र पद्धतिबाट बाहिर गएर गृहमन्त्रालय दायाँ बायाँ गर्दैनु, उनले भने, प्रक्रियाबाट गृहमन्त्रालय बाहिर जाँदैन। कर्मचारी सरुवा बढुवामा पनि विधि बाहिर जान्न र गृहमन्त्रालय आफ्नो प्रतिवद्धतामा भएको छैन।
उनले गृहको कामलाई कसैले पनि प्रभावित नगर्न आग्रह गरेका छन् । यसलाई प्रभावित पार्न कुनै किसिमको दबाब र प्रभाव आउने छैन, उनले भने, विधि र पद्धतिभन्दा बाहिर जाँदैनौँ र कानुन र नियम पालना गर्ने प्रतिवद्ध रहेको सबैलाई आग्रह गरेका छन् ।
Add Comment