काठमाडौं । सोमबार राती १२ बजेबाट लागू हुने गरी आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बृद्धि गरेको छ । सोमबार रातीबानेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ ।
निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र निगमलाई घाटा रहेकाले पेट्रोल र डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै डिजेल र पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ ।
Add Comment