काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर सूची पठाएपछि सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।
निगमको निर्णयअनुसार डिजेल प्रतिलिटर १० र पेट्रोलमा ३ रुपियाँले मूल्य घटेको छ । निगमका अनुसार डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपियाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपियाँले घटाउने निर्णय भएको छ । सो घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमको भनाइ छ । खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।
Add Comment