बालेन साहविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहा (बालेन) विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको हो ।

सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।

रिटको बहस र सुनुवाइ मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको थियो । तर, त्यो मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ। अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै मुद्दा दर्ता गराएका थिए।

ताजा अपडेट