राष्ट्रपति पौडेल स्वास्थ्य उपचार पछि फिर्ता, के रोग थियो के उपचार भयो ?

काठमाडौं । स्वदेशमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको नयाँ दिल्ली स्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार गराउन पुगेका राष्ट्र प्रमुख राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन् ।

आइतबार राती स्वदेश फर्केका राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएको भएपनि के उपचार भयो र स्वास्थ्य अवस्थाका बारेमा भने जानकारी दिइएको छैन । नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ अधिकारीहरुलाई विरामी भए पश्चात उपचारका लागि विदेश लाने चलन बढ्न थालेपछि जनस्तरबाट चर्को विरोध हुँदै आईरहेको छ । तर, जति विरोध भएपनि त्यसको कतैबाट सुनुवाई भएको भने छैन ।

केही समय अघि ग्याँस लिकका कारण भएको लागलागीमा परेका कांग्रेस नेता चन्द्र भण्डारीले विदेश उपचारका लागि नजाने अडान लिँदा लिँदै नेपालमा वर्न सम्वन्धी उपचारमा कठिनाई भएपनि उनलाई पनि भारत स्थित वर्न अस्पतालमा उपचार गराउन लगिएको थियो । भण्डारी पनि उपचार पछि फर्केका छन् ।

त्यस्तै राष्ट्रपति पौडेललाई पनि बैशाख ६ गते उपचार गराउनका लागि भारत लगिएको थियो । पौडेलेको रोग के हो र के उपचार गरियो भन्ने बारेमा राष्ट्र प्रमुखको हैसियतले राष्ट्रपति कार्यालयले जानकारी गराउनुपर्ने थियो । तर समाचार तयार पार्दासम्म सार्वजनि गरेको छैन ।

नेपालका अस्पतालमा उपचार सम्भव नभएर विदेश लगिएको हो भने कुन रोग लागेको थियो खुलाईनु पर्ने थियो । अथवा नेपालका रहेका अस्पताल माथि विश्वास छैन भने अन्य नेपाली जनताले नेपालका अस्पतालमाथि विश्वास गर्ने आधारहरु के छन् भन्ने प्रश्न उब्जिएको छ ।

 

ताजा अपडेट