लामिछाने प्रकरण : जिल्ला अदालतको फेरि दियो यस्तो आदेश

काठमाडौं ।  क्रिकेट सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दाकै कारण उनले दक्षिण अफ्रिका टूर गुमाउने पक्का जस्तै भएको छ ।

आईसीसी विश्वकप लिग टूमा शीर्ष तीन भित्र परेको नेपाली टिमले जिम्बाबेमा आयोजना हुन लागेको एक दिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरका लागि स्थान बनाएको छ ।

यसअघि जेलबाट निस्किएर उत्कृष्ट प्रदर्शन गरेका सन्दीप अहिले पनि काठमाडौं अदालतको मुद्दाका कारण उनले नेपाली टिमसँगै दक्षिण अफ्रिकामा अभ्यासका लागि जाने सम्भावना कम रहेको छ । नेपाली टिम जुन १ तारिखतिर दक्षिण अफ्रिका जाने र उतैबाट जिम्बाबे जाने छ ।

यता, सन्दीपविरुद्धको मुद्दा २ पटक सरिसकेको थियो भने आजका लागि तय भएको पेशीबाट पनि थप अघि बढ्न सकेन ।

न्यायाधीश फणिन्द्र प्रसाद पराजुलीको इजलाशले सन्दीपविरुद्ध जाहेरी दिएकी (परिवर्तित नाम गौशाखा २६) को जन्ममितिका विषयमा फेरि प्रमाणीकरण गरेर पठाउन सम्बन्धित गाउँपालिकालाई आदेश दिएको छ । अदालतका अनुसार केटीको जन्म दर्ताको सक्कल प्रति ल्याउन आदेश दिइएको छ । यसैगरी अदालतले नारायणी अस्पताल वीरगन्जमा जन्मिएकी उनको अस्पतालमा रहेको रेकर्डको सक्कल विवरण पेश गर्न भनेको छ ।

जुन कुरा यसअघि सन्दीपको थुनछेक बहसका बेला गौशाखा २६ को जन्ममितिको कुरा अदालतमा पेश भइसकेको अवस्थामा फेरि गाउँपालिकातर्फ पठाउनु यो मुद्दामा ढिलाई गर्न खोजिएको रुपमा सन्दीपका कानुनव्यवसायीले बताएका छन् ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षको थुनामा पठाएका सन्दीप उच्च अदालतको आदेशपछि २० लाख धरौटी बुझाएर रिहा भएका थिए । ९९ दिन पछि रिहा भएर मैदान उत्रिएका सन्दीपले १५ खेलबाट ४३ विकेट लिएका थिए ।

अहिलेको अवस्थामा फेरि जन्ममितिको विषय अदालतमा पेश भएर पेशी अगाडि बढ्दा सन्दीप दक्षिण अफ्रिका अब जान पाउने छैनन् भने त्यसपछि पनि प्रक्रियामा ढिला भयो भने जिम्बाबे पनि जान पाउने छैनन् ।

जन्म दर्ता प्रमणपत्र काठमाडौं जिल्ला अदालतमा पेश भएपछि मात्रै नयाँ पेशी (तारिख) तय हुने छ