काठमाडौं । घर जग्गा नक्सा पास गराउन घुस मागेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सुनसरी बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार मेहताविरूद्ध बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
यसअघि अख्तियारको टोलीले मेहतलाई २० हजार घुस र रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
घर जग्गा नक्सा पास गर्नका लागि सेवाग्राहीसँग २० हजार घुस मागेको उजुरीका आधारमा छानबिन गर्दा मेहताले घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
मेहतालाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम कैद सजाय माग गरिएको छ।

