काठमाडौँ । डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस एन आईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको लागि ल्याएको भिडियो केवाईसी (भि केवाईसी) सेवा अन्तर्गत अनलाईन भिडियो कल गरी केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने सुविधा ल्याएको छ ।
अनलाईन खाता खोल्ने ग्राहकहरूको लागि भिडियो कलबाटै केवाईसी विवरण अद्यावधिक गर्न सकिने सेवा यस अघि नै सुरुवात गरिसकेको बैंकले अब थप पाँच वटा सेवा समेत यस प्रणालीमा जोडेको हो । घर वा अफिसबाटै लिन सकिने यी पाँच नवीन सेवाहरू बैंकको वेबसाइटमा रहेको एप्लाई नाउमा ट्याब गरी भि केवाईसीबाट उल्लेखित सेवाहरू मध्ये ग्राहकहरूले इच्छाएको सेवा छनौट गरी बैंकलाई अनुरोध गर्न सक्ने छन् । ग्राहकले दिएको अनुकुल समयमा बैंकले सम्बन्धित ग्राहकलाई सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको छ ।
परिवर्तित समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिइरहेको बैंकले उल्लेखित सेवा प्रदान गर्न भिडियो कल गर्दा ग्राहकहरूले आफ्नो पहिचान खुल्ने कुनै एक परिचय पत्र ९नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचय पत्र० तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात देखाउनु पर्छ ।
यस नयाँ सेवाको सुरुवातसँगै ग्राहकहरूको विद्यमान खातामा नयाँ विवरण राख्नका लागि केवाईसी विवरण अद्यावधिक गर्न, निष्कृय खातालाई सुचारु गर्न, चलिरहेको बचत खाता योजनालाई अर्कोमा परिवर्तन गर्न, खातामा रहेको हस्ताक्षर परिवर्तन गर्न र खातामा प्रयोग भएको मोबाइल नम्बर वा ईमेल ठेगाना परिवर्तन भएमा सो अद्यावधिक गर्न भि केवाईसी सेवा निकै नै लाभदायी हुनेछ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।
Add Comment