काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको मुद्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ ।
न्यायाधीशद्वय भट्टराई र रेग्मीको इजलासको पहिलो नम्बरमा नै मुद्दाको पेसी परेको हो ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।
बिहीबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा नागरिकता ऐन कार्यान्वयनमा बाधा पुग्ने छ । तर अल्पकालीन अन्तरिम आदेश खारेज भएमा कार्यान्वयनमा आउने छ ।
अघिल्लो संसदबाट राष्ट्रपति कार्यालयमा पुगेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि विवाद बढेको हो ।
Add Comment