काठमाडौं । भाषा परीक्षा पास गरेर पनि लामो समयदेखि कोरिया जान नपाएको भन्दै युवाहरूले ईपीएस कोरिया शाखा ग्वार्कोस्थित कार्यालय घेराउ गरेका छन् ।
कोरियामा ५ वर्ष बसेर फर्किएकाहरूले पुनस् ईपीएस परीक्षा उत्तीर्ण गरेको तर जान नपाएको भन्दै झण्डै एक हजारजना धर्नाका लागि ईपीएस कार्यालय पुगेका हुन् ।
धर्ना बस्न पुगेका युवाहरू र प्रहरीबीच झडपको अवस्थासमेत सिर्जना भएको छ । पहिलोपटक जानेलाई प्राथमिकतामा राखेपछि यसअघि गएर आएकाहरूले आन्दोलन थालेका हुन् ।
कोरियामा ५ वर्ष काम गरेर फर्किएकाहरू पुनस् परीक्षा दिएर जाने पाउने व्यवस्था भए पनि ईपीएस पास गर्दा पनि आफूहरू जान नपाएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।
Add Comment