काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक बढेको छ । बिहीबार स्थिर रहेको नेप्से आज २८.३८ अंकले बढेर २०७७.७६ को विन्दुमा पुगेको छ ।
आज २८७ धितोपत्रको ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर तीन अर्ब चार करोड २५ लाख ४३ हजार रुपैयाँमा किनबेच भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि १।६६ प्रतिशतले बढेर ३८८.५१ कायम भएको छ ।
आज १३ वटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रको ४.६३ प्रतिशतले बढ्यो ।
रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेर ३३१.७० कायम भएको छ । अप्पर तामाकोसी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६.६५ प्रतिशतले घटेको छ ।
Add Comment