काठमाडौं। प्रहरी प्रभाव बुढानिलकण्ठमा कार्यरत वरिष्ठ हवल्दार विष्णु सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अदालतमा अभियोगपत्र दायर गरेको हो।
अख्तियारको टोलीले सिंहलाई सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो।
खोलाको ढल सरसफाई तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजिकरण गरिदिने प्रयोजनका लागि सिंहले घुस लिएको आरोप छ।

