काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको २०८० चैत मसान्तसम्म भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिना भित्रमा चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा १५ देखि ३५ प्रतिशतसम्म छुटको योजना ल्याएको छ ।
बैकले पछिल्लो समय देशमा कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने उदेश्यले अनुरुप २०८० चैत्र मसान्त सम्मका लागि देहाय बमोजिमले समेत देहायको तालिकामा उल्लेख भएबमोजिम छुट प्रदान गर्ने योजना ल्याएको छ ।
मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नु भएका ग्राहकलाई सो योजनामा सहभागी भई लाभ लिन वैकले आग्रह गरेको छ ।
अहिलेको असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको जनाएको छ । बैंकले ल्याएको छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरुको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको वैकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्र्जुन राज खनियाले बताएका छन् ।
Add Comment