चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झडप, डिएसपीसहित ७ प्रहरी घाइते

कामाडौं । चितवनको भरतपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा डिएसपीसहित ७ प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् ।

टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई रिहा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएको भिडले प्रहरीमाथि ढुंगामुढा गरेपछि झडप भएको हो । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको ठहर गर्दै लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत चितवनमा आाजै मुद्दा दर्ता गरिएको थियो ।

मुद्दाका प्रतिवादीको वयान नसकिएपछि थुनछेक वहस भोलीका लागि सारिएको छ । रविसहित तीनैजनालाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमै पठाइएपछि आन्दोलित भिड थप उत्तेजित भएको थियो । साँझपख भएको झडपमा डिएसपी एकनारायण कोइरालासहित ७ जना प्रहरी घाइते भएका छन् । केही प्रदर्शनकारी पनि घाइते भएका छन् । प्रहरीले भिड नियन्त्रणमा लिन अश्रुग्यास र लाठी प्रहार गरेको थियो । प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरेका थिए ।