काठमाडौं । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन सक्ने भन्दै प्रहरीले रास्वपाका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दका अनुसार करिब एक दर्जन रास्वपाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको छ । केही समयपछि उनीहरूलाई छाडिने चन्दले बताए ।
अहिले जिल्ला प्रहरी कार्यालय झापामा झापा क्षेत्र नं। ४ का सभापति शम्भु सुस्केरालाई राखिएको छ । दमकको प्रहरी कार्यालयमा पनि १० र १२ जनालाई नियन्त्रणमा लिएर राखिएको उनले बताए ।
आइतबार झापाको मेचीनगर इटा भटा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरेका थिए । प्रधानमन्त्री ओली दुई दिनका लागि आइतबार गृहजिल्ला झापा गएका छन् ।
Add Comment