काठमाडौँ ।सुर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा रवि लामिछानेविरुद्ध पोखरामा थुनछेक बहस चलिरहेको बेला काठमाडौंमा पनि अर्को मुद्दा दर्ता भएको हो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा लामिछानेसहित ३९ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।
प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा आइतबार मुद्दा दर्ता गरेको हो । गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित तत्कालीन उपाध्यक्ष छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सह–सचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ । यो सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा उनीहरुलाई लागेको छ ।
सहकारीको रकम हिनामिना गरेकाे आराेपमा लामिछानेविरुद्ध विभिन्न जिल्लामा मुद्धा दायर भएकाे छ । यसैक्रममा बयानका लागि लामिछानेलाई ठाउँठाउँमा पुर्याइ सकिएकाे छ । हाल जिल्ला प्रहरी कार्यालय कास्कीकाे हिरासतमा रहेका लामिछाने लगायतका व्यक्तिविरुद्ध थुनछेककाे वहस चलिरहेकाे छ ।
Add Comment