सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञका नाममा भत्काइएको दलित परिवारको घर मधेस प्रदेश सरकारले पुनर्निर्माण गर्ने भएको छ।
प्रदेश सरकारले मदन भण्डारी आवास कार्यक्रममार्फत दीपक मल्लिकको घर बनाइदिने निर्णय गरेको हो। पाँच लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरिएको उक्त घर शौचालय र भान्सासहित दुई कोठाको हुनेछ।
मुख्यमन्त्री सतिशकुमार सिंहले घर निर्माण कार्य एक साताभित्रै सुरू गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिएका छन्।
यसअघि, मंगलबार दलित अगुवाहरू दीपकको आवासको व्यवस्था गरिदिन माग गर्दै मुख्यमन्त्री सिंहलाई जनकपुर पुगेर भेटेका थिए।
Add Comment