काठमाडौँ । पूर्व राजदूत समेत रहनु भएका लेखक एवं वरिष्ठ पत्रकार कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ । केही दिनअघि घरमै लड्नुभएका कोइरालालाई उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए ।
कोइराला परिवारका एक मात्र कम्युनिष्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उनले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा आफूलाई सक्रिय तुल्याउँदै आईरहेको थिए ।
पूर्वसांसदसमेत रहेका दिवङ्गत कोइरालाको आज बिहान ११ बजे नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
Add Comment