यदि तपाईं राति ओछ्यानमा पल्टिएपछि पनि लामो समयसम्म निद्रा नलागेर छटपटाउनुहुन्छ भने तपाईं मात्र एक्ला हुनुहुन्न। यो समस्या अहिले विश्वभर व्यापक रूपमा देखिएको छ। अध्ययन अनुसार, संसारका हरेक तीन व्यक्तिमा एकजनाले निद्रासम्बन्धी समस्या (इन्सोम्निया) अनुभव गर्छन् भने करिब १०% व्यक्तिमा यसको दीर्घकालीन लक्षण देखा पर्छ।
इन्सोम्निया भनेको के हो?
इन्सोम्निया एउटा निद्रा विकार हो, जसमा व्यक्तिलाई सुत्न गाह्रो हुन्छ, राति पटक–पटक ब्युँझिन्छन् वा बिहान चाँडै ब्युँझिएर फेरि सुत्न सक्दैनन्। यसले दीर्घकालीन थकान, तनाव, मानसिक असन्तुलन र भोलिपल्टको काम गर्ने क्षमतामा असर पार्न सक्छ।
किन हुँदोरहेछ निद्रा नलाग्ने समस्या?
डाक्टरहरूका अनुसार, निद्रा नलाग्नुका मुख्य १० कारण यस्ता छन्:
- तनाव र चिन्ता
- मोबाइल वा ल्यापटपको धेरै प्रयोग
- अनियमित सुत्ने-ब्यूँझने तालिका
- क्याफिनयुक्त चिया-कफीको बढी सेवन
- मधुमेह, उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्या
- शारीरिक व्यायामको कमी वा अत्यधिक थकान
- डिप्रेसन वा मानसिक रोग
- कोठाको अत्यधिक उज्यालो वा आवाज
- निन्द्रालाई असर गर्ने औषधिको सेवन
- सुत्ने अगाडि भारी खाना खानु
बेडमा गएपछि १५ मिनेटमै निद्रा लाग्ने उपायहरू :
यदि ओछ्यानमा गएपछि ३० मिनेटभित्र निद्रा लाग्दैन भने यो चिन्ताको विषय हो। डाक्टरहरूका अनुसार यस्ता उपायहरू अपनाउँदा चाँडै निद्रामा जान सकिन्छ:
- सुत्नुअघि इलेक्ट्रोनिक उपकरण नछुने (मोबाइल, टिभी आदि)
- नियमित समयमै सुत्ने-ब्यूँझने बानी बनाउने
- हल्का योग वा सासप्रश्वासको अभ्यास गर्ने
- शान्त र अँध्यारो वातावरण तयार पार्ने
- सुत्नुअघि क्याफिनजन्य पदार्थ सेवन नगर्ने
- मनमा चलिरहेका कुरा कागजमा लेखेर निकाल्ने
- ‘४-७-८’ श्वास प्रविधि अपनाउने: ४ सेकेन्ड सास भर्ने, ७ सेकेन्ड होल्ड गर्ने, ८ सेकेन्डमा फाल्ने
विशेषज्ञहरू भन्छन्– ‘‘निद्रा हाम्रो मानसिक र शारीरिक स्वास्थ्यका लागि अत्यन्तै जरुरी छ।’’ निद्रासम्बन्धी समस्या लामो समयसम्म देखिएको खण्डमा चिकित्सकको परामर्श लिनु आवश्यक छ।
Add Comment