नेप्से परिसुचक एकै दिनमा ९.१९ अंकले वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक ९.१९ अंकले बढेर २६ सय ३१.४८ अंकमा पुगेर रोकिएको छ । यसअघि आइतबार नेप्से २६.५३ अंकले बढेर २६ सय २२.२८ अंकमा पुगेर रोकिएको थियो ।

यस दिन सेन्सेटिभ इण्डेक्स १.९५ अंकले बढेको छ, अघिल्लो कारोबार दिन यो इन्डेक्स ४.७० अंकले बढेको थियो । फ्लोट इण्डेक्स ०.७७ अंकले बढेको छ त्यसैगरी आज सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले बढेको छ ।

अघिल्लो कारोबार दिनभन्दा यस दिन भने कारोबार रकम केहि घटेको छ । आज कुल ३१८ स्टकको ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार १५ रुपैयाँ बराबरको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर कारोबार भएको छ ।

आइतबार ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर खरिद बिक्री भएको थियो ।

यसदिन राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्यमा ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज ३२.४८ पैयाँले बढेर ३५८.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।