काठमाडौं । नबिल बैंक लिमिटेडले साउन ६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ‘नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र जारी गर्ने भएको छ। ८ वर्ष अवधिको यस ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याज प्रदान गरिनेछ।
कुल ३० लाख कित्तामध्ये १८ लाख कित्ता संस्थागत तर्फ र १२ लाख सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि छुट्याइएकोमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ।
न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन साउन ६ देखि साउन २० गतेभित्र सि–आस्बा सहभागी बैंक तथा वित्तीय संस्थाबाट दिन सकिन्छ। बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।


Add Comment