पेट्रोलको मूल्य पाँच रुपैयाँ घट्यो

काठमाडौँ । नेपाल आयल निगमले बुधबारबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हो । केही साता अगाडि मात्र पेट्रोलको मूल्य बृद्धि भएको थियो ।