काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण जानकारी समेटिएको अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
यस पोर्टलमार्फत बैंकको नाममा रहेको बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा धितोमा रहेका सम्पत्तिहरूको विवरण सजिलै प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
एन आई सी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार, यो डिजिटल पहलले ग्राहकलाई पारदर्शिता र सहज पहुँच प्रदान गर्दै लिलाम प्रक्रिया थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ।
ग्राहकहरूले बैंकले प्रकाशित गरेको लिलाम बिक्रीसम्बन्धी सूचनामा रहेको कोड स्क्यान गरी सो पोर्टलमा जान सक्नेछन्। पोर्टलमा सम्बन्धित सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, नक्सा, फोटो, साथै गुगल म्यापमार्फत स्थानको पहिचानजस्ता विविध जानकारीहरू समावेश गरिएको छ।
खरिदमा रुचि भएका व्यक्तिहरूका लागि पोर्टलमै म्यासेज बक्स उपलब्ध गराइएको छ, जसमा आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखी थप जानकारीका लागि सन्देश पठाउन सकिन्छ।


Add Comment