अधिकारका कुरा गर्दा जिम्मेवारीलाई भुल्न हुँदैन : मन्त्री सिंह

काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले अधिकारका कुराहरु गरिरहँदा आफ्नो जिम्मेवारीलाई भूल्न नहुने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल टेलिकम वर्कर्स युनियनको ३८ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले अधिकारका कुराहरु उठाउँदै गर्दा निर्वाह गर्नुपर्ने जिम्मेवारीहरु भुल्न नमिल्ने धारणा राखे ।

उनले भने,‘हामीले अधिकारको कुरा गर्दै गर्दा के चाँही बुझ्नुपर्छ भने अधिकारसँगै जिम्मेवारीको पनि कुरा आउँछ । अधिकारका कुराहरु पनि उठाउनुपर्छ । तर त्यो सँगै निर्वाह गर्नुपर्ने जिम्मेवारीहरु हुन्छन् ,तीनका बारेमा पनि सोच्नपर्छ ।’

त्यस्तै युनियन उठाएका विषय र मुद्दाहरु अत्यन्तै प्रष्ट एवम महत्वपूर्ण रहेको बताउँदै त्यसमा सरकार गम्भीर रहेको बताए ।