काठमाडौं । नक्कली कागजाग पेश गरी विमा प्राधिकरणको अध्यक्ष हुन सफल भएका शरद ओझा अन्तत ः पद मुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद्को वैठकले ओझालाई पदमुक्त गरेको हो ।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनलगत्तै सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
प्राधिकरणको अध्यक्षका लागि उनको योग्यताबारे प्रश्न उठाउँदै समितिले प्रतिवेदन बुझाएको थियो । ओझालाई सरकारले गत १२ फागुनमा बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो ।


Add Comment