ज्ञानेन्द्रको विज्ञप्तिले ल्याएको राजनैतिक हलचल

पूर्व राजा ज्ञानेन्द्रले हाम्रो बिचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम सधन हो, तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रित छ कति जनहित अनुकुल छ त्यसको समीक्षा हुन अब विलम्ब भैसकेको छ भन्दै पृथ्वी जयन्तीको अवसरमा विज्ञप्ति जारी गरेसँगै राजनीति तरङ्गित भएको छ । समय समय ज्ञानेन्द्रले देशको भविष्यसँग जोडिएको विभिन्न विषयमा आफ्नो राय राख्ने गर्दछन् । उनले सोही विज्ञप्तिमा परिवर्तनका नाममा आफ्नो इतिहास सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पुरा गर्ने वा अवान्छित क्रियाकलाप भित्रिएको आम नेपालीले महसुश गरेको बताएका छन्। आखीर सत्य पनि यही नै हो । उनको बिचार नेपालीले मनन गर्नुपर्ने खालका छन् ।

जनचाहना बमोजिम अघि बढ्ने शाहवंशीय परम्परा रहेकोले जनताको चाहना अनुसार शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह नगरेर संवैधानिक राजतन्त्रको भूमिकामा बसेको र राजगद्दिसम्म त्यागको इमान्दारीता दर्शाएको उनले स्मरण गराएका छन् छन्। मेरो जति नैतिकता छ भने नैतिकता देखाऊ भनेर ज्ञानेन्द्रले घुानउरो भाषाले दलहरुलाई व्यङग्य गर्न भ्याए । वर्तमान समयमा मुलुकको भविष्य कसरी सुरक्षित राख्न सकिन्छ भनेर आफू चिन्ताग्रस्त भएको समेत उनको विज्ञप्तिमा बताइएको छ । पूर्वराजाको विज्ञप्ति आएसँगै राजनैतिक वृत्त हलचल भएको छ । यस अघि उनले भारतका विभिन्न रजौटाहरुलाई भेटेपछि पनि राजनीति तरङ्गित भएको थियो ।