काठमाडौं कान्तिपुर टेलिभिजनबाट प्रशारण भईरहेको चर्चित टेलिचलचित्र हर्के हवल्दारको छायांकनका क्रममा चर्चित हास्यकलाकार रमेश केसीको निधन भएको छ ।
काठमाडौंको धर्मस्थलीमा टेलिचलचित्र हर्के हवल्दारको छायाँकन कै क्रममा एक्कासी ढलेपछि उपचारका लागि गंगालाल अस्पताल लगिएको थियो ।
गंगालाल अस्पतालका अनुसार कलाकार केसी अस्पताल ल्याउँदा ल्याउँदै निधन भईसकेको जानकारी दिएको छ । छायाँकन स्थलमा नै रहेका कलाकार पुष्प अवस्थी भन्छन्, सुटिङ्ग स्थलमा ‘टेक’ लिँदा लिदै रमेश दाई एक्कासी ढल्नु भयो, सुटिङ्ग युनिटले अस्पताल पु¥याउँदा अस्पतालले निधन भईसकेको जानकारी दियो ।
कलाकार केसी करीव ५० वर्ष देखि रङ्गमञ्च, रेडियो नाटक, टेलिचलभित्र, चलचित्रमा निरन्तर अभियनमा संलग्न रहँदै आउनु भएको थियो । कलाकार केसीको आजै पुशपति आर्यघाटमा दाहसंस्कार गरिने छ भने ६८ वर्षिय केसीका दुई छोरा र एक छोरी छन् ।
Add Comment