एमसीसी परियोजनालाई अगाडि बढाउनुपर्ने काँग्रेस कार्य सम्पादन समितिको निचोड

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता अगाडि बढाउनुपर्ने निचोड निकालेको छ ।

काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले अन्य राजनैतिक दलहरूसँग समेत छलफल गरी एमसीसी परियोजनालाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको नेपाली काँग्रेसका प्रवक्ता डा।प्रकाश शरण महतले जानकारी दिए ।

बैठकमा बोल्ने नेताहरूले एमसीसीका बारे आम सर्वसाधारणलाई जानकारी गराउन स्थानीय स्तरमा समेत बहसका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको प्रवक्ता डा।महतले जानकारी दिए ।

केन्द्रीय कार्यसमितिको बैठक भोलि पुनः बस्ने र आगामी स्थानीय तहको निर्वाचन, पदावधी सकिएका भातृ सङ्गठनहरूको अधिवेशन लगायतका विषयमा छलफल हुने काँग्रेसले जनाएको छ ।