टोलटोलमा एमाले, घरघरमा एमाले, जनताको सुख र दुःखमा नेकपा एमाले अभियान सञ्चालन

काठमार्डौ । जिल्ला, क्षेत्र, प्रदेश, पालिका, वडाहुँदै टोलसम्म राजनीतिक दलका समिति बन्ने काम धमाधम भइरहेका छ । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएसँगै दलीय गतिविधि टोलटोलसम्म पु¥याइएको हो । जिल्लाका प्रमुख दलहरुले टोलमा भेला गरेर समिति बनाउने र निर्वाचन केन्द्रित अभियान सुरु गरेका छन् ।

नेकपा एमाले चितवनले टोलटोलमा एमाले, घरघरमा एमाले, जनताको सुख र दुःखमा नेकपा एमाले भन्ने अभियान सञ्चालन गरिरहेको छ । फागुन २१ गतेबाट अभियान सुरु गरेका घरदैलो अभियानलाई जारी राख्दै, टोल समितिमात्र २०० भन्दा बढी गठन भइसकेका छन् । वडा तहमा बन्न बाँकी जनसङ्गठनका समिति बन्ने काम पनि भइरहेको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताएका छन् ।

वडा तहलाई सम्भावित उम्मेदवारको नामावली सङ्कलन गर्न निर्देशन पनि दिइएको छ । जिल्लामा एमालेका २५ हजार सङ्गठित सदस्य रहेकामा नवीकरण २० हजारको भइसकेको न्यौपानेले जानकारी गराएको छ । गाउँ तहमा केन्द्रित भएर अभियान गरिरहेका छौं बताएका छन् । नेपाली कांग्रेसको नवनिर्वाचित समितिले पनि अभियान सुरु गरेको छ ।

घर–घर जार्औ कांग्रेस जिताऔँ भन्ने अभियान सुरु गरिएको हो । जिल्ला तह र क्षेत्रीय तहमा कार्यक्रम गरिसकिएको जिल्ला सचिव ध्रुवराज पोख्रेलले बताएको छ । जिल्ला समितिको आज बस्ने बैठकले ९८ वडामा दुई जनाका दरले जिल्लास्तरका प्रतिनिधि खटाउने तयारी गरिएको बताएका छन् । नेकपा माओवादी केन्द्रले चुनाव केन्द्रित अभियान थालेको छ ।

टोल तहसम्म एकाध ठाउँबाहेक अन्यत्र समिति बनाउने काम भएको जिल्ला अध्यक्ष यमबहादुर परियारले बताएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनावी अभियानलाई तीव्रता दिएको छ । जिल्लाका वरिष्ठ उपाध्यक्ष चेतनाथ वाग्लेले पार्टी प्रवेशसँगै वडा कार्यालय खोल्ने काम भइरहेको जानकारी दिए । जिल्लामा राप्रपाका नौ हजार सक्रिय सदस्य रहेको बाग्लेले जानकारी दिएका हुन ।