आज सब्बेबरात पर्व मनाउँदै

काठमार्डौ । नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीले एकै साथ सब्बेबरात पर्व मनाइरहेका छन् । सब्बेबरात पर्वमा मुस्लिम समुदायका व्यक्तिले दुई दिन रोजा व्रत बस्ने गर्दछन् । मृत्यु भइसकेका पुर्खाको सम्झनामा मुस्लिम समुदायले प्रत्येक वर्ष यो पर्व मनाउने गरेको मौलान मशहुद खान नेपालीले बताएका छन् ।

मुस्लिम समुदायले यस पर्वलाई आफ्नो समुदायको पर्वको मुख्यद्वार रुपमा मान्दै आएका छन् । सब्बेबरात पर्वपछि मुस्लिम समुदायका अन्य पर्व निरन्तररुपमा एकपछि अर्को पर्व आउने भएकाले यस पर्वलाई मुस्लिम समुदायल पर्वको प्रवेशद्वार मानिएको बताएका छन् । अबका १५ दिनपछि मुस्लिमको एक महिने रमजान पर्व पनि सुरु हुन्छ ।

मुस्लिम समुदायले गत वर्ष गरेको कामहरुको लेखाजोखा र आउने वर्षका लागि योजना तय गर्ने गरिन्छ । यस पर्वमा अल्लाहको इबादत नमाज प्राथना मुस्लिम ग्रन्थ कुरान वाचन, कब्रिस्तान चिहान मा प्रार्थना र गरिब दुःखीहरुलाई दान दिने चलन रहिआएको मुस्लिम आगुवा असलमले बताएका छन् ।