शक्ति, सङ्गठन र मुद्दाका आधारमा निर्वाचन लड्ने तयारी : प्रचण्ड

काठमार्डौ । नेपाल कम्युनिष्ट पार्टीमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताएको छ । प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले गठबन्धनको वैशाखी टेकेर नभइ आफ्नै शक्ति, सङ्गठन र मुद्दाका आधारमा माओवादीले निर्वाचन लड्ने तयारी गरेको दाबी गरेका छन् ।

अध्यक्ष दाहालले भने देशव्यापी माओवादीप्रति सकारात्मक जनमत बढ्दै गएको छ, कार्यक्रममा उभार देखिएको छ । केही समयपछि अन्य पार्टीहरु माओवादीसँग तालमेलका लागि आउने परिस्थिति आउँदैछ र अरु पार्टीसँग जाने होइन । माओवादी पहिलो शक्ति बन्ने सम्भावना देखिएको बताएको छ ।

अध्यक्ष दाहालले आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने र निर्वाचनका बारेमा कुनै पनि दुविधा नरहेको बताएको छ । केही दिनअघि एक कार्यक्रममा प्रचण्डाले आफूले राजनीतिक र सैद्धान्तिक रुपमा एमालेसँग गठबन्धन हुन्छ भने पनि तत्कालका लागि भने गठबन्धन सम्भव नभएको पनि बताएका छन् ।

स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर माओवादीले प्रदेशस्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम अघि बढाएको बताउँदै उहाँले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ । कतिपय वृत्तमा अझै पनि निर्वाचन के हुन्छ भन्ने छ, तर निर्वाचन तोकिएको मितिमै हुन्छ, र सम्पूर्ण रुपले निर्वाचन प्रक्रियामा सामेल हुन केही तयारीमा लाग्न सबैमा आग्रह समेत गरेका छन् ।