गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार रहेका शाही पक्राउ

काठमाडौं । गर्भवती महिलालाई विभिन्न डरत्रास देखाई धम्की दिई जबरजस्ती करणी गरी फरार रहेको युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका २ मोतिपुर ठेगाना भएका ३५ वर्षीय सागर शाही रहेका छन् ।

उनलाई काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुङगाबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गत चैत ८ गते नागढुंगास्थित आफनै घरभित्र कोही नभएको मौका पारी गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार भएका शाहीलाई अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

उनीलाई गर्भवती महिलालाई जबरजस्ती करणी गरेको सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त थानकोटमा पठाइएको प्रहरीले जानकारी गराएको छ ।