देशमा पठाइदिन्छु भनी ठगी गर्ने तामाङ पक्राउ

काठमाडौँ । वैदेशिक रोजगार कसुर मुद्दामा फरार रहेका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो सिआईबीले विसं २०७४ मा एक पीडितलाई विभिन्न प्रलोभना पारेर इजरायल, जापानलगायत मुलुक पठाउने बहानामा ठगी गरेका चितवन कालिका नगरपालिका ८ का ४६ वर्षीय श्रीकृष्ण घिसिङ तामाङलाई आज कलङ्कीबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले पीडितलाई राम्रो पारिश्रमिक र आकर्षक रोजगारी हुने आश्वासन देखाएर उनले रु ६ लाख ठगी गरेकाले सर्वोच्च अदालतको आदेशअनुसार पक्राउ गरिएको जानकारी दिइएका छन् ।

पक्राउ परेका तामाङलाई उक्त अदालतले वैदेशिक रोजगार कसूरमा ६ वर्ष कैद र ६ लाख जरिवना ठहर गरेकामा फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँ पेश गरिएको उनले बताए ।