ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविष्वर गौतम निर्वाचित भएका छन् । परिषद्को असार ३२ गते भएको अधिवेशनबाट शर्मा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । ठमेल पर्यटन क्षेत्रको विकासका लागि लामो सयमदेखि सक्रिय रहेका शर्मा यस अघि परिषद्मा उपाध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

निर्वाचित शर्माले ७७२ ल्याएका थिए भने उनका निकटतम प्रतिद्धन्दी धु्रव अधिकारीले ५६८ मत प्राप्त गरेका थिए । निर्वाचत अध्यक्ष शर्माले राम्रो ठमेल हाम्रो ठमेल बनाउने अभियानमा आफू निरन्तर लागिरहने बताएका छन् ।