सुनको मूल्य घट्यो, कति पुग्यो त तोलामा ?

काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सयमा तोकिएकोे छ । हिजो प्रतितोला ९४ हजारमा कारोबार भएको सुन आज प्रतितोला २ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सयमा कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य सोम्बार भएको कारोबार मूल्यका तुलनामा प्रतितोला ५ ले घटेर १ हजार १ सय ६० रुपयाँमा तोकिएको छ ।