मापदण्ड विपरीतको लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्पमा सिल

काठमाडौँ । ललितपुरको लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प महानगरपालिकाले सिल गरेको छ। मापदण्डविपरित बनाइएको उक्त संरचना हटाउनका लागि महानगरले पटक पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि आइतबार महानगरपालिकाले नै सिल गरेको हो ।

‘हामीले यसअघि पटक, पटक जानकारी गराएका थियौं। छलफलमा समेत बोलायौ। तर उहाँहरूले अटेर गरेर नहटाएपछि महानगरले आज हटाउन खोजेका थियौं अत्यधिक संवेदनशील भएकाले अहिले सिल गरेका हौ’, महानगरका प्रमुख चिरीबाबु महर्जनले भने।

विगत ६ महिनादेखि आफूहरूले यो पेट्रोलपम्प मापदण्ड विपरित छ, यसलाई हटाउनू भनेर सम्झायौं। तर जति गरे पनि उहाँहरूले नमानेपछि बाध्य भएर हटाउनु परेको मेयर महर्जनको भनाइ छ ।