अब VISA DIRECT मार्फत सिधै रकम पठाउन सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले विश्वका विभिन्न देशहरूबाट VISA DIRECT मार्फत सिधैै रकम पठाउन सकिने सेवाको ल्याएको छ । सो बैंकले Visa International सँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूलाई यस सेवाको सुरुवात गरेको हो ।

अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १ सय भन्दा बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकहरूले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सकिनेछ । यस सेवा अन्तर्गत विश्वका कुनै पनि VISA DIRECT प्लेटफर्ममार्फत रकम पठाउँदा यस बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ ।

विदेशी तथा स्वदेशी ग्राहकहरूले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत १६ अंकको VISA कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सिधैै रकम पठाउन सकिनेछ ।

विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै बैंकले ल्याएको यस नवीन सेवाले रेमिटेन्स सहज बनाउने विश्वासे लिएको बैंकका प्रमुख सूचना अधिकार सुधिर नाथ पाण्डेको भनाइ छ ।

देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।