मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, १ जना घाइते

काठमाडौं । भक्तपुरको सल्लाघारीमा पानीट्याङ्करले मोटसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सो घठनामा १ जना गम्भीर घाइते भएका छन् ।

झापा घर भई हाल मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्दै आएका २६ वर्षीय साजन दुवारीको बागमती प्रदेश०२–०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किँदा चालको मृत्यु भएको भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएको छ ।

घाइते हनेमा झापा घर भई हाल मध्यपुरथिमि –३ बस्ने २३ वर्षीय अनिल साहको इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना भएका दुवै सवारीसाधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने २८ वर्षीय प्रवीण सुवाललाई प्रहरीले पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिएको छन्